काठमाडौं उपत्यकामा थपिए १८२ संक्रमित



काठमाडौं, भदौ ५ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टा अवधिमा १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ८ सय  ३८ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै  १ सय ८२ जना थप भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले उल्लेख गरेका छन् । काठमाडौं उपत्यकामा थपिएकामध्ये काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५  जना रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार १३ हजार  ५ सय   ७९ जनाको पिसीआर परिक्षणमा ८  सय  ३८ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी २४ घण्टा अवधिमा २५० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । शुक्रबारसम्म निको भई घर फर्कनेको सख्या १८ हजार  २ सय  १४ रहेको छ । देशभर कुल संक्रमितको सख्या ३० हजार  ४ सय ८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्