अछाममा १९ स्वास्थ्यकर्मीलाई कोरोना, बयलपाटा अस्पताल बन्द



अछाम भदौ ५ ।

अछामको बयलपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मी र सोही अस्पतालमा उपचार गराइरहेका तीनजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार जम्मा ३७ जनामा संक्रमण देखिएको थियो । यस्तै पञ्चदेवल बिनायक नगरपालिका नौ र बान्नीगढी जयगढ गाउँपालिकाका दुई जनामा पनि संक्रमण देखिएको छ ।

स्वास्थ्यकर्मीहरुमा प्रयोशालामा काम गर्ने प्राविधिकहरु रहेका छन् । बयलपाटा अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । यसअघि पनि अस्पतालका दुईजनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्