कालिकोटमा आज राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा



कालिकोट भदौ ५ ।

कालीकोटमा शुक्रवार राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, कालीकोटले जिल्लामा पुनः संक्रमण देखिन थालेको र बढ्ने अवस्था रहेकाले यसको रोकथाम तथा नियन्त्रण आवश्यक देखिएको भन्दै संक्रमण रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ( ३ ) बमोजिम निषेधाज्ञा जारी गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले शुक्रबार आदेशमार्फत निषेधाज्ञा जारी गरिएको जनाएका छन् । निषेधाज्ञा अवधिभर निषेध गरिएका गतिविधिहरु गरे प्रचलित कानुनबमोजिम कारवाही हुने आदेशमा उल्लेख छ।

बिहान ७(९ र साँझ ५(७ बजेसम्म खाद्य सामग्री किनमेलका लागि समय छुट्याइएको प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्