गीतकार माधब बिडारीको रोमान्टिक गीत ‘प्यासी’ सार्वजनिक



काठमाडौं,भदौ १४ । गीतकार माधब बिडारीको रोमान्टिक गीत’प्यासी’ सार्वजनिक भएको छ।पछिल्लो समय साहित्य सिर्जनामा ब्यस्त गीतकार बिडारीको गीत प्यासी(शिशिर याम) चर्चित गायिका मीना निरौलाको स्वरले सजिएको छ।

युवा यौवनको उन्मत्त क्षणलाई जीवन्त प्रस्तुत गर्न खोजिएको गीत प्यासीमा संगीत संयोजन भने प्रमोद पन्तको रहेको छ।

गीतमा रिदम कडेलको म्युजिक एरेन्ज रहेको छ भने मनोज ओली,पुजा उप्रेती र रेश्मा क्षेत्रीको अभिनय रहेको छ।स्याडो क्रेयसन मार्फत उत्पादित टेकेन्द्र साहद्वारा सम्पादित गीत प्यासीलाई साझापथ टिभी युट्युब मार्फत सार्वजनिक गरिएको छ।

गीतको अडियो/भिडियो उत्कृष्ट बनेको प्रतिक्रिया आइरहेको गीतकार बिडारीले साझापथलाई बताए।

पूरा भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्