हङकङमा एउटै व्यक्तिमा दुई पटक कोरोना संक्रमण देखियो, वैज्ञानिक आश्चर्यमा



काठमाडौं, भदौं ९ । हङकङमा एउटै व्यक्तिमा दुई पटक कोरोना संक्रमण पुष्टी भएको छ। यो घटना सार्वजनिक भएपछि वैज्ञानिक नै आश्चर्यमा परेका छन् । यो संसारकै पहिलो घटना भएको उनीहरुले बताएका छन् ।

पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएका ती व्यक्ति ३० वर्षभन्दा बढी उमेरको भएको जनाइएको छ । एकै व्यक्ति दुई पटक कोरोनाबाट संक्रमित भएको यस घटनालाई बैज्ञानिकहरुले दुर्लभ भनेका छन् ।

कोरोना संक्रमण ठीक हुनुभन्दा अगाडि १४ दिनसम्म ती व्यक्ति अस्पतालमै रहेको पनि हङकङ्ग विश्वविद्यालयको रिपोर्टमा जनाइएको छ ।

संक्रमण निको भएर घर फर्किएका उनको एयरपोर्टमा स्वास्थ्य जाँच गर्दा दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको हो ।

लण्डन स्कुल अफ हाइजिन र ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेनले ‘कोरोना संक्रमण दोहोरिनु निकै दुर्लभ घटना भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्