राष्ट्रिय महिला क्रिकेट टोलीको कोरोना विमा



काठमाडौ भदौ ९ ।

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना विमा गरेको छ ।

गत शनिबार पुरुष टोलीका २१ खेलाडी सहित कुल ५१ जनाको कोरोना विमा गरेको क्यानले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै १८ जना महिला क्रिकेटरको क्यानले कोरोना विमा गरेको जनाएको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले गत मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद साग टि २० क्रिकेट टोलीमा रहेका महिला टोलीको कोरोना विमा भएको जनाकारी दिएका छन् ।

यसअघि भने क्यानले महिला टोलीको कोरोना विमा पछि आवश्यकता हेरेर गर्न सकिने जनाएको थियो । क्यानले आइएमई जनरल इन्स्युरेन्समार्फत एक वर्षको विमा गरेको हो । कोरोना महामारीको कारण यो वर्ष महिला र पुरुष टोली दुवैको अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना कम छ ।

अन्तर्राष्ट्रिय तालिका अनुसार पुरुष टोलीको आगमी डिसेम्बरमा बंगलादेशमा एसिया टिम्स एसिया कप खेल्ने छ । कोरोना महामारीको कारण उक्त प्रतियोगिता हुने निश्चित छैन । पछिल्लो पटक गतवर्ष मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद ९साग० महिला टोलीले खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उक्त सागमा माल्दिभ्यसलाई हराउँदै महिला टोलीले ऐतिहासिक कास्य पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्