समयमा उपचार नपाउँदा कालीकोटमा सुत्केरी र नवजात शिशुको मृत्यु

कालीकोट भदौ १० ।
कालीकोटमा समयमा उपचार नपाउँदा सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ ।
बाढीले बाटो अवरुद्घ भएपछि समयमा उपचार हुन नसक्दा रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया शिरा सार्की र उनका नाबालक छोराको मृत्यु भएको हो ।
घरमै सुत्केरी भएकी शीराको रक्तश्राब नरोकिएपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।