पोखरामा कोरोनाबाट ३२ वर्षीया महिलाको मृत्यु



पोखरा,भदौ ११ । पोखरामा कोरोना संक्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

पोखरा महानगरको वडा नम्बर ११ कि ३२ वर्षीया महिलाको उपचारको क्रममा विहिबार बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डाक्टर अर्जुन आचार्यले बताए ।

प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा आइसीयुमा उपचारत महिलाभदौ ७ गते कोरोना पोजेटिभ भएपछि अस्पताल भर्ना भएकी थिइन् । योसँगै यस प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्युको संख्या पाँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्