भोटेकोशी बाढीका बेपत्ता परिवारलाई मृतकसरह दुई लाख राहत
नुवाकोट,मंसिर १३–भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले मृतकसरह राहत पाउने भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सात जिल्लाका लागि ५० करोड एक लाख रुपैयाँ निकासा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बेपत्ता व्यक्तिको परिवारलाई दुई लाख र एउटै परिवारका थप सदस्य बेपत्ता भएको अवस्थामा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ । सोमबारदेखि स्थानीय तहका विपत् कोषमा रकम पठाउने तयारी गरिएको छ ।
प्राधिकरणले बेपत्ता भएकामध्ये तीन हजार ९१५ जनालाई मृतक घोषणा गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरिसकेको छ । मन्त्रिपरिषद्बाट मृतक घोषणा भएपछि राहत वितरण प्रक्रिया अघि बढ्नेछ ।
बाढीमा रसुवाका एक हजार ५३८ र नुवाकोटका ६३१ जना बेपत्ता भएका छन् । गत भदौ १० गते आएको बाढीमा एक हजार ४६४ जनाको मृत्यु भएको र पाँच हजार २८५ जना बेपत्ता भएको विवरण छ ।

