कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु ,मृतकको संख्या १ सय ८३ पुग्यो



काठमाडौ भदौ ११ ।

कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ महिला र तीन पुरुषकको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया एकजना, बाराका २३ वर्षीया एकजना, कास्कीका ३२ वर्षीया एकजना, रुपन्देही र बाँकेका ७० वर्षीया एक–एक जना महिला रहेका छन् ।

त्यसैगरी काठमाडौंका ८४ वर्षीय, पर्साका ६२ वर्षीय एकजना र कपिलवस्तुका ५० वर्षीया पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कुल कोरोना भाइरस संक्रमितको ० दशमलव ५२ प्रतिशतको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्