राष्ट्रपतिद्वारा प्रधानमन्त्रीसँग सुरक्षा अवस्थाबारे चासो, सामाजिक सद्भाव कायम गर्न सुझाव
काठमाडौँ,साउन १४। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका विभिन्न भागमा विकसित विषम सुरक्षा अवस्थाबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग जानकारी लिनुभएको छ।
बिहीबार शीतल निवासमा प्रधानमन्त्री शाहलाई बोलाएर राष्ट्रपति पौडेलले पछिल्ला हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देशको शान्ति–सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।भेटका क्रममा प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न तथा सुरक्षा अवस्था सामान्य बनाउन सरकारले गरिरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।
राष्ट्रपति पौडेलले वर्तमान परिस्थितिलाई संयमतापूर्वक साम्य पार्न, राजनीतिक दलसहित सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्न र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम राख्न सरकारलाई आवश्यक पहल गर्न सुझाव दिनुभएको बताइएको छ।

