सुनसरी घटनाका घाइतेलाई भेट्न विराटनगर पुगे गृहमन्त्री गुरुङ, उपचारमा कमी नगर्न निर्देशन



विराटनगर, साउन १४ — गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज विराटनगरका विभिन्न अस्पताल पुग्नुभएको छ।

गृहमन्त्री गुरुङले विराटनगरस्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पतालमा पुगेर उपचाररत घाइतेसँग भेटघाट गर्नुका साथै चिकित्सकसँग उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उहाँका स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिनुभयो।

भेटका क्रममा गृहमन्त्रीले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ।अस्पताल भ्रमणपछि गृहमन्त्री गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज पुगेर घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

गत साउन १० गते सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। सो क्रममा घाइते भएका दुई जनाको उपचारकै क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्