रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट युवकको मृत्यु



बुटवल,भदौ १२ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरमा ट्रकले ठक्करवाट १८ वर्षिय युवाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनी निवासी विनोद वि.क.लाई शुक्रबार विहान ५ बजे मर्निङ वाकमा गएकाले बेला ट्रकले ठक्कर दिएको हो ।वीरगंजदेखि पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएका वि.क.को उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्