सरिता लामाको ‘बिहेको रत्यौली’सार्वजनिक



काठमाडौं,भदौ १२ । सरिता लामाको लोकदोहोरी गीत ‘बिहेको रत्यौली’सार्वजनिक भएको छ। गीतमा चर्चित लोक गायक/गायिका राम स्याङ्तान, पार्वती कार्की र सरिता लामाको स्वर रहेको छ ।

शिवपुरी म्युजिक प्रालिको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गीतमा राम घतानिको लय र लोकप्रेमी सुर्य तामाङ्गको शब्द सिर्जना रहेको छ भने गीतको म्युजिक भिडियोमा शुक्र तामाङ्ग, सोनी बि.सी, अशोक कुमार सापकोटा, राम घतानी, सुर्य तामाङ्ग, बिनोद तामाङ्ग, दिप गुरुङ्ग, पार्वती कार्की, रानिया भण्डारी, एलिना गुरुङ लगायत कलाकारको बेजोड प्रस्तुति रहेको छ।

भिडियोलाई निर्देशन निरेन श्रेष्ठ, छायांकन सन्तोष तिमल्सिनाले गरेका हुन भने चर्चित सम्पादक रोशन धितालको सम्पादन गरेका छन् ।

गीतको अडियो/भिडियो अत्यन्तै राम्रो बनेको प्रतिक्रिया आईरहेको यस गीतका गायक राम स्याङ्तानले साझापथलाई बताए।

यस गीतको अडियो/भिडियो हेर्न तलको लिंकमा थिच्नुहोस:-

प्रतिक्रिया दिनुहोस्