काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४१५ संक्रमित थपिए



काठमाडौं, भदौ १२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय १५ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३५० जना र ललितपुरका ११ जना र भक्तपुरका  ५४ जना रहेका छन् ।

देशभर थपिएका ९ सय  २७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ४ सय १३ जना थपिएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले उल्लेख गरेका छन् । १० हजार २  सय २२  जनाको पिसीआर परिक्षणमा  ९ सय  २७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा १६९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या २० हजार   २ सय  ४२ रहेको छ । देशभर कुल संक्रमितको सख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्