जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुनेछ : राष्ट्रपति ट्रम्प



एजेन्सी भदौ १२ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन राष्ट्रपति बने अमेरिकी सपना ध्वस्त हुने आरोप लगाएका छन् ।

दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी निश्चित भएसँगै ह्वाइटहाउसमा आयोजित कार्यक्रममा राष्ट्रपति ट्रम्पले बाइडनको अमेरिकामा कोही पनि सुरक्षित नरहने आरोप लगाएका हुन् ।

आफू एक्लै समाजवाद, अराजकता र अतिवाद जस्ता शक्तिविरुद्ध पर्खाल बनेर खडा रहने उद्घोष गर्दै उनले भने, ‘यदी डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडेन नोभेम्बरमा चुनिए भने उनी यसको च्याम्पियन बन्नेछन् ।’

राष्ट्रपति निवासलाई पार्टी राजनीतिको लागि प्रयोग गरेको आरोप लागिरहँदा ह्वाइट हाउसको बगैँचाबाटै ट्रम्पले बाइडन राष्ट्रपति पदमा निर्वाचित भए मुलुकको संकट थप गहिरिने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्