एथ्लेटिक्स खेलाडी चन्दकला लामगादे अस्पतालबाट डिस्चार्ज



काठमाडौं भदौ १२ ।

जातीय विभेदसहित कुटपिटमा परेकी एथ्लेटिक्स खेलाडी चन्दकला लामगादे अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

झापाको मेचिनगर चारआलीमा सोमबार राति दलित युवकलाई जोगाउने क्रममा स्थानीय छिमेकीबाट दुर्व्यवहारसहित कुटपिटमा परेकी चन्द्रकला शुक्रबार डिस्चार्ज भएकी हुन् ।

चन्द्रकला सहित उनका श्रीमान सुमन खातीमाथि समेत आक्रमण भएको थियो । विर्तामोडको विएमसी अस्पतालमा भर्ना भएको ५ दिनपछि चन्द्रकला डिस्चार्ज भएकी हुन् । चन्द्रकलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेपनि पेट भने सामान्य दुखिरहेका बताईन् ।
७ महिनाको गर्भवती समेत रहेकी चन्द्रकलाले हस्पिटलमा कोरोना भाईरसको डर भएकाले घरमै विश्राम गर्ने बताईन् ।

सटपुटकी चन्द्रकलाले आठौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण जितेकी थिईन् । कोरोनाका कारण देशभर लकडाउन भएपछि उनी झापा गएकी थिईन् । आफ्नो खेलाडीमाथि दुर्व्यवहार र कुटपिट भएपछि नेपाल एथ्लेटिक्स संघले दोषीलाई कारबाहीको माग गरेको थियो ।

यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिब कोईरालाले पनि ध्यानाकर्षण भएको र कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्