संक्रमितको कन्ट्याक्ट् ट्रेसिङमा परेका रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा



काठमाडौं, भदौ १३ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा रहेका छन् । केही दिन अघि भएको सीसीएमसीको बैठकमा चिया वितरण गरेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । सो बैठकमा पोखरेल र थापा सहभागी थिए । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरु होम आइसोलेसनमा बसेको बताइएको छ ।

यस्तै, शनिबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक समेत स्थगित गरिएको छ । दुई जना मन्त्री होम आइसोलेसनमा बसेका कारण सचिवालय बैठक भदौ १८ गतेसम्मका लागि स्थगित गरिएको स्रोतले जनाएको छ।

यो समाचार नेपाल समाचार पत्रले प्रकाशन गरेको छ। ।

प्रतिक्रिया दिनुहोस्