टोखास्थित चण्डेश्वरी स्वास्थ्य केन्द्रको वाग्मती प्रदेशका मुख्य मन्त्री पौडेलद्वारा अनुगमन



अनुगमनका क्रममा टोखा नगरका जनप्रतिनिधिका साथ मुख्यमन्त्री पौडेल

काठमाडौं,भदौ १३। टोखास्थित चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको वाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले अनुगमन गरेका छन् ।पछिल्लो समय उपत्यका विभिन्न ठाउँसहित टोखा नगरपालिकामा समेत कोरोना संक्रमण वृद्धि भएसंगै टोखा नगरपालिका वडा नम्बर २ मा टोखामा रहेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको ६६ बेड्सहितको आईसोलेसन वार्डको मुख्य मन्त्री पौडेलले अनुगमन गरेका हुन ।

सो अवसरमा मुख्य मन्त्री पौडेलले आईसोलेसन नगरको उपयुक्त स्थानमा स्थापना गरिएको बताउदै कोरोना संक्रमणको गति पत्ता लगाउन नगरले अपनाएको एक वडामा एक सय जनाको पिसीआर परीक्षण गर्ने कार्यक्रमले प्रभावकारी भुमिका अवलम्बन गर्ने बताए। स्वास्थ्य केन्द्र अनुगमनका क्रममा बाग्मती प्रदेशको मुख्य मन्त्री डोरमणी पौडेलसहित बाग्मती प्रदेश सभा सदस्य दिपक निरौला,नगर प्रमुख प्रकाश अधिकारी,उप प्रमुख ज्ञानमाया डङोल,वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारी,अन्य जनप्रतिनिधीहरु , स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।

स्वास्थ्य व्यवस्थापन बिषयक छलफलमा

हाल स्वास्थ्य केन्द्रको आइसोलेसनमा १७ संक्रमित उपचाररत छन् भने संक्रमितको अवस्था पनि सामान्य रहेको छ । उनिहरुलाई शनिबारदेखि योगाभ्यास समेत संचालनमा ल्याइएको छ । अबका दिनमा अझै यस आइसोलेसन वार्डको सिट क्षमता बढाउन मुख्यमन्त्री डोरमणिलाई प्रस्ताव राखिएको टोखा नगरपालिकाकी उपमेयर ज्ञान माया डङ्गोलले बताइन्।

त्यस्तै अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउन पनि पहल गरिएको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले बताए ।

बिदाइका क्रममा

प्रतिक्रिया दिनुहोस्