चाडपर्वले राष्ट्रिय एकता र आपसी सद्भाव बलियो बनाउँछ : रवि लामिछाने



काठमाडौँ,कात्तिक २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता तथा आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले विविधताबीचको राष्ट्रिय एकतालाई नेपाली पहिचान र संस्कृतिसँग जोडिएका महत्वपूर्ण चाडपर्वले अझ बलियो र सुमधुर बनाउन सहयोग पुर्‍याउने बताउनुभएको हो ।

उहाँले उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस् भन्ने कामना गर्नुभएको छ ।

सभापति लामिछानेले चाडपर्वले नेपाली समाजमा आपसी सद्भाव, आत्मीयता र एकताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्