सीपीएल क्रिकेटमा सन्दिप सम्मिलित जमैकाले शनिवार प्याट्रियट्ससँग खेल्दै



एजेन्सी भदौ १३ ।

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग सीपीएल टी–ट्वान्टी क्रिकेटमा आज शनिबार छैटौं खेल खेल्दैछ ।

ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले छैटौं खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ । जमैका र प्याट्रियट्सबीचको खेल नेपाली समय राति १२ बजे सुरु हुनेछ ।

प्याट्रियट्सविरुद्ध मैदान उत्रदा जमैका तेस्रो जितको खोजीमा हुनेछ । यस्तै प्याट्रियट्स दोस्रो जितको खोजीमा रहेको छ ।जमैकाको लागि अघिल्लो चरण प्रवेशको लागि जित निकाल्नु आवश्यक छ । यस सिजन दुई टोली पहिलो पटक आमनेसामने हुन लागेको हुन् । यस अघि भएको ४ भेटमा प्याट्रियट्स हावी हुँदै आएको छ ।

जमैका ५ खेलमा ४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ । सामान खेलमा सामान २ अंक जोडेको प्याट्रियट्स तालिकाको अन्तिम स्थानमा रहेको छ । सन्दीप प्याट्रियट्सविरुद्धको खेलमा समेत प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ । प्याट्रियट्स सन्दीपको पूर्व क्लब समेत हो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने यस सिजन निकै उत्कृष्ट बलिङ गर्दै आएका छन् । उनले ५ खेलमा निकै राम्रो इकोनोमीमा ७ विकेट लिन सफल छन् । सन्दीप लगातार तेस्रो पटक सीपीएल खेलिरहेका छन् । यस अघिको दुई संस्करणमा समेत सन्दीपले सीपीएल खेलिसकेका छन् ।

जमैकाले सन्दीपलाई यस पटक ९० हजार अमेरिकी डलर ९१ करोड ८ लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो । कोरोना भाईरसको महामारीको कारण यस सिजनका सबै खेल बन्द रंगशालामा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्