अमेरिकामा आँधीका कारण १४ जनाको मृत्यु, लाखौं प्रभावित



एजेन्सी भदौ १३ ।

अमेरिकामा लउरा नामको आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

दक्षिणी राज्य लुजिआना र टेक्ससमा आँधीले ठूलो क्षति पुर्याएको सरकारी अधिकारी र स्थानीय मिडियाले जनाएका छन् । लुजिआनाका गभर्नर जोन बेल एडवर्ड्सका अनुसार शुक्रबार उनको राज्यमा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

यस्तै आँधीले रुख ढाल्दा लागेर अरु चारजनाको मृत्यु भएको बताइएको छ । आँधीवेहरीका कारण लुजिआनामा शुक्रबार बिजुलीको लाइन समेत काटिएपछि लाखौँको जनजीवन कष्टकर बनेको छ ।

यससँगै कार्बन मोनोअक्साइडको उत्पादनबाट पनि जनजीवन प्रभावित बनेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्