कोरोना अपडेट:बितेको २४ घण्टामा ८८४ संक्रमित थपिए



काठमाडौं,भदौ १३ । बितेको २४ घण्टामा शनिबार देशभर कोरोनाका ८ सय ८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ।

विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन्।

शनिबारमात्रै १० हजार ९ सय ७१ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ६९ हजार ६ सय २६ जनाको पिसिआर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्