समयमा उपचार नपाउँदा दैलेखमा एक सुत्केरीको मृत्यु



दैलेख भदौ १३ ।

समयमा उपचार नपाउँदा दैलेखमा एक सुत्केरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठाटिकाध गाउँपालिका वडा नं १ की २३ वर्षीय पार्वती शाही रहेकी छन् । बिहीबार उनलाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएका थियो।

स्वास्थ्य केन्द्रमा बच्चा जन्मिसकेपछि अत्यधिक रक्तश्राव भएर पछि समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो। उनलाई थप उपचारका लागि सुर्खेत लगिए पनि कर्णाली प्रदेश अस्पतालले शुक्रबार राति पार्वतीलाई मृत घोषणा गरेको थियो।

गाउँपालिकासँग हेलिकप्टर वा अन्य साधन व्यवस्था गरिदिन भन्दा पनि कसैले पनि वास्ता नगर्दा सुत्केरीले अकालमै ज्यान गुमाएकी उनका आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्