विदेशमा अलपत्र दुई सय ६० नेपाली शनिवार स्वदेश फर्किए



काठमाडौं भदौ १३ ।

विदेशमा अलपत्र दुई सय ६० जना नेपाली शनिवार स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शनिवार सिङ्गापुरको सिल्क एअरले एक सय ४८ यात्रु काठमाण्डौ ल्याएको छ । त्यस्तै जजिरा एअरलाइन्सले कुवेतबाट एक सय १२ यात्रु तथा एक शव नेपाल ल्याएको छ ।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगमनतर्फ तीन अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । थप नेपालीको उद्धारका लागि शनिवार राति नेपाल एअरलाइन्सले कुवेतबाट नेपाली ल्याउँदैछ भने क्वालालम्पुरबाट थप नेपाली ल्याउन त्यसतर्फ प्रस्थान गर्ने जनाइएको छ ।

हिमालय एअरलाइन्सले क्वालालम्पुर र चीनको कुनमिङबाट नेपाली ल्याउन आजै राति त्यसतर्फ उडान भर्ने विमानस्थलले जनाएको छ । आइतबारका लागि चार अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तालिका तय भएको छ ।

भुटानको ड्रक एअरले बिहान पारोबाट काठमाण्डौ चार्टर्ड उडान गर्दैछ । नेपाल एअरलाइन्सले दुबई र क्वालालम्पुर तथा हिमालय एअरलाइन्सले अबुधाबी र श्रीएअरलाइन्सले म्यानमारको यङ्गुनमा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्