सिन्धुपाल्चोकमा फेरि पहिरो, चार घर पुरियो



सिन्धुपाल्चोक, भदौ १४ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ६ धुसेनीमा पहिरो गएको छ। आइतबार बिहान ३ बजे गएको पहिरोले चार घर पुरेको प्रहरीले जनाएको छ। पहिरोले स्थानीय खिल बहादुर भण्डारीको दुई घर, सिताराम भण्डारी, इबहादुर भण्डारीको एक एक घर पुरिएको छ। एक घर भने नपुरिएपनि पहिरोको उच्च जोखिममा रहेको स्थानीयको भनाइ छ ।

सुन्दरडाँडाबाट खसेको पहिरोले धुसेनीका चार घर पुरिएतापनि स्थानीयहरु पहिरोको जोखिमका कारण घर छाडेर अन्यत्रै बसोबास गर्दै आएकाले मानवीय क्षति भने भएको छैन । धुसेनीका अन्य ३२ घर पहिरोको उच्च जोखिममा छन् । सुन्दरडाँडाका २३ घर र पाखरदोभानका ४ घर पनि उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।

जिल्लामा केहि साता अधि गएको लिदी, जम्बु, मेलम्ची, फुल्पिङ लगायतका स्थानका बाढी र पहिरोमा परी यस बर्ष मात्रै ५६ जनाको मृत्यु भएको र २६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्