नेपालमा पछिल्लो २० घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको पुष्टि [विवरणसहित]



काठमाडौं भदौ १४ । नेपालमा पछिल्लो २० घन्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विभिन्न जिल्लामा शनिबार बेलुकी ५ देखि आइतबार १२ बजेसम्म ७ संक्रमितको मृत्यु भएको हो । विभिन्न अस्पतालले दिएको जानकारी अनुसार ललितपुरमा २, पर्सामा २, भक्तपुर, चितवन र सप्तरीमा १/१ जनाको निधन भएको छ । मृतकमा ५ पुरुष र २ महिला छन् ।

  • पर्साको नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत रौतहट गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको शनिबार मृत्यु
  • पर्साको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा उपचाररत रौतहटको राजपुर, तुल्सीका ४० वर्षीय व्यक्तिको आइतबार बिहान मृत्यु
  • चितवनमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिकामा एक ६५ वर्षीय पुरुष शनिबार मृत्यु
  • सप्तरीको राजविराज नगरपालिका २ का ६० वर्षीया महिलाको शनिबार राति मृत्यु
  • ललितपुरको पाटन अस्पतालमा शनिबार दिउँसो महोत्तरीकी महिलाको मृत्यु
  • ललितपुरको पाटन अस्पतालमा ललितपुरका २९ वर्षीय कोरोना संक्रमित युवक शनिबार राति मृत्यु
  • भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै शनिबार राति मृत्यु

पछिल्लो २४ घन्टाको विवरण सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार, शनिबार १२/१२ जनाको मृत्यु भएको जनाएको थियो । नेपालमा पछिल्लो विवरण अनुसार मृतकको संख्या २ सय १४ पुगेको छ । शनिबार अपरान्हको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले २ सय ७ जनाको विवरण सार्वजनिक गरेको थियो । संक्रमितको संख्या भने ३७ हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्