सेनाको हेड क्वाटरमा एक सैनिकले गरे गोली हानी आत्महत्या



काठमाडौं,भदौ १४ । सुन्धराको नेपाली सेना मुख्यालयस्थित परिसरमा आफैसँग भएको राइफल प्रयोग गरी एक सैनिकले आत्माहत्या गरेका छन् ।

एक राउन्ड गोली चलाएर आइतबार बिहान ३ बजे सेनाको रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा रहेका एक सिपाही दर्जाका जवानले आत्महत्या गरेका हुन् ।  तनहुँ जिल्लाको रानीपोखरी स्थायी ठेगाना रहेका ती जवानले आफ्नै ड्युटी बस्दा प्रयोग गरिने राइफल प्रयोग गरी आत्महत्या गरेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

उनले सैनिक प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान गर्ने, शवको पोष्टमार्टम गर्ने र ती सैनीककाे नजिकको परिवारहरुलाई बोलाएर काम गर्ने सेनाको स्थायी कार्यविधि अनुसार काम भइरहेको बताए । घटनाबारे अनुसन्धान भइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्