कालीकोटमा पहिरोमा परी १ जनाको मृत्यु, ११ जना बेपत्ता



कालिकोट भदौ १४ ।

कालीकोटमा पहिरोमा परी १ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् ।

तिलागुफा नगरपालिका वडा नं १ स्थित नाग्म बजारमा शनिबार राति पहिरो जाँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको हो । पहिरोमा पुरिएर शुभकालीका गाउँपालिका ५ का ५ वर्षिय निराजन शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमल्सिनाले बताए ।

पहिरोमा पुरिएका तिलागुफा नगरपालिका ३ वर्ष ११ का अर्जुन हमाललाई जीवितै उद्धार गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । पहिरोमा परेकी हिमागाउँपालिकाकी ३५ वर्षीया पन्ना शाहीको जीवितै उद्धार गरिएको छ । पहिरोमा परी हराइरहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्