आफू कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई छोडिन्न : बाबुराम भट्टराई



काठमाडौं, भदौ १४ ।

जनता समाजवादी पार्टी जसपाका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूले कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आइतबार ट्वीट गरी सामाजिक सञ्जालका सम्बन्धमा आफ्नो यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले पाँच प्रतिवद्धता सार्वजनिक गर्दै सत्य र न्यायको पक्षमा उभिने, शोषित, उत्पीडित, विभेदमा परेकाहरुकोहरुको पक्षमा पैरवी गर्ने, बुझेर बुझ पचाउने ठग र नबुझ्ने बुझ्न नचाहने मुर्खदेखि टाढै बस्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्