पिसिआर शूल्क घट्यो



काठमाडौ भदौ १४ ।

सरकारले पिसिआर विधिबाट गरिने कोरोना परीक्षण शूल्क घटाएको छ ।

अब पिसिआर परिक्षणवापत अधिकतम ४ हजार ४ सयसम्म लिन पाइने छ । स्वास्थ्य मन्त्रालयमा आज बसेको बैठकले पिसिआर परीक्षणका लागि सामग्रीको उपलब्धता, विश्वबजारमा भएको मूल्य समायोजन आदिलाई आधार मान्दै मूल्य घटाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि पिसिआर परीक्षण शूल्क ५ हनार ५ सय र सेवा शूल्कवापत १० प्रतिशत थप रकम लिन पाउने व्यवस्था गरिएको थियो । मन्त्रालयको सो निर्णयपछि निजी स्वास्थ्य संस्थाहरुले पिसिआर परीक्षण वापत ८ हजार रुपैयाँसम्म लिँदै आएका थिए । हाल पिसिआर विधिबाट ९ वटा सरकारी र ११ वटा निजी अस्पतालहरुले शूल्क लिएर कोरोना परीक्षण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्