विप्लव समूहका नेता भुजेल र पौडेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश



काठमाडौं भदौ १४ ।

सर्वोच्च अदालतले विप्लव समूहका नेताद्वय उमा भुजेल र सुमन सिंह पौडेललाई थुनामुक्त गर्न आदेश दिएको छ।

भदौ ५ गते उनीहरू दुवैको तर्फबाट प्रतिमा भुजेलले दिएका छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिट जारी भएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

उनका अनुसार न्यायाधीश दीपककुमार कार्की र हरिकृष्ण कार्कीको इजलासले उनीहरूलाई सम्बन्धित जिल्ला अदालतको न्यायाधीशको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो। त्यसरी थुनामुक्त गरेको जानकारी सर्वोच्च अदालतमा पठाउन पनि आदेशमा भनिएको छ।

रिट जारी गर्नु भनेको उनीहरूको माग अनुसारको आदेश दिनु भन्ने अर्थ लाग्छ। मेची९कोशी कमाण्ड ईञ्चार्ज भुजेल र सहइन्सचार्ज पौडेललाई पुस १२ गते सुनसरी प्रहरीले पक्राउ गरेको थियो। वितेका ८ महिनामा उनीहरूलाई अदालतले थुनामुक्त गर्न आदेश दिएपछि पनि प्रहरीले पक्रेर जिल्ला परिवर्तन गर्दै हिरासतमा थुन्दै आएको थियो

अहिले सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरूले आफूलाई गैरकानुनी थुनामा राखिएको, कोरोना संक्रमणको जोखिम रहेकाले थुनामुक्त गर्न आदेश दिनु भन्ने माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। उनीहरूले आफूलाई पटकपटक पक्राउ नगर्नु भन्ने आदेश मागेका थिए।

प्रतिक्रिया दिनुहोस्