चितवनमा माछा पोखरीमा छोडिएको विद्युतीय तारबारमा दुईको मृत्यु



चितवन भदौ १५ । भरतपुर–८ मा माछा पोखरीमा माछा चोरी भएपछि छोडेको बिद्युतीय तारबारमा करेन्ट लागेर स्थानीय दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय नवराज दराई र निरब राना रहेका जिल्ला प्रहरी कार्यालय चिवतनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार रातिको समयमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो ।

मृतकहरुको साथमा जालसमेत रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्