७२ डिएसपी सरुवा, नुवाकोट आए हरिबहादुर ओली [को कहाँ पुगे विवरणसहित]



काठमाडौं भदौ १५ । प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।

काठमाडौं उपत्यकाको महानगरीय प्रहरी वृत्त जगातेमा राजेश थापा र महानगरीय प्रहरी वृत्त कालिमाटीमा अपिलराज बोहरालाई सरुवा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा नुवाकोटमा हरिबहादुर ओली सरुवा भएका छन् । उनी यसअघि जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत थिए । नुवाकोटमा कार्यरत डीएसपी राजेश थापालाई भने महानगरीय प्रहरी वृत्त जगाती भक्तपुर सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखमा अनुपम श्रेष्ठ, सल्यानमा गोविन्द थापा, तेह्रथुममा गौतम थापा, कालिकोटमा चक्रबहादुर शाह, मुगुमा चित्रबहादुर भट्टाराई, पाँचथरमा दानबहादुर थापा, बाजुरामा मदनजित महरा, डडेल्धुरामा महेन्द्र नेपाल र जुम्लामा माधवप्रसाद काफ्लेलाई सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सुनिल मल्ललाई पठाइएको छ । मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्