उपत्यकामा २९८ सहित नेपालमा थपिए ८९९ जना कोरोना संक्रमित



काठमाडौं भदौ १५ । उपत्यकामा २९८ सहित नेपालमा ८९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ३९ हजार ४ सय ६० संक्रमितको संख्या पुगेको जनाए । उपत्यकामा काठमाडौं १९०, भक्तपुर ४१ र ललितपुर ६७ मा जना संक्रमित भेटिएका छन् ।

१७ हजार ८२२ जना उपचाररत छन् भने ७ हजार ३३७ जना क्व‍वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

२४ घन्टामा ११ हजार १२९ पीसीआर परीक्षण गरिएका छन् । हालसम्म ६ लाख ९३ हजार ७२ नमुना परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

२४ घन्टामा ५८८ जना डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्