काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,भदौ १५ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा वृद्धि भएको छ। बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएको छ ।

आइतबार ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्