२४ घन्टामा ५८८ डिस्चार्ज, कोरोना संक्रमणबाट ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु



नेपालमा थप ५८८ जना कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५ सय ८८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।

त्यस्तो सोही अवधिमा थप ७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिकासहित ३ महिला र ४ पुरुष रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो विवरणसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

  • महोत्तरी ४ वर्षीय बालिका
  • गोरखा ५६ महिला
  • रुपन्देही ६८ महिला
  • झापा ८६ पुरुष
  • रौतहट ४० पुरुष
  • चितवन ७८ पुरुष
  • भक्तपुर ७७ पुरुष

प्रतिक्रिया दिनुहोस्