पञ्चकन्या गाउँपालिकालाई एक संस्थाद्वारा स्वास्थ्य सामग्री सहयोग



गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै संस्थाका प्रतिनिधि

साझापथ संवाददाता

नुवाकोट,भदौ १५। पञ्चकन्या गाउँपालिकालाई एक संस्थाद्वारा स्वास्थ्य सामग्री प्रदान गरिएको छ।गाउँपालिकालाई सोमबार माल्टजर इन्टरनेश्नल नेपाल (जर्मन ) काे सहयाेगमा कोरोना नियन्त्रणका लागि प्रयोग हुने सामग्री प्रदान गरिएको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले बताए।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रयोग हुने सामग्रीमा मास्क,पञ्जा,पिपिई,पिसिआरका लागि स्वाब परिक्षण गर्ने भिटिएम लगायतका सामग्री रहेका छन् । उक्त स्वास्थ्य सामग्री संस्थाका फिल्ड सुपरभाइजर साधुराम सापकाेटाले गाउँपालिकालाई हस्तान्तरण गरेका थिए। हस्तान्तरित सामग्रीमासर्जिकल मास्क ३ प्लाई :१२००पिपिई सेट :३० सर्जिकल ग्लोब्स :१२००, सुज कभर ६०० जोर सेनिटाईजर :६० लिटर,भिटिएम :१५०, थर्मोगन :६ वटा फेश सिल्ड:३० वटा रहेको छ।

कोरोना नियन्त्रण सहयोगी सामग्री हस्तान्तरण कार्यक्रमका तस्बिरहरु

प्राप्त स्वास्थ्य सामग्रीलाई सेवा क्षेत्रका स्वास्थ्य चौकी तथा अस्पताललाई वितरण गरिने गाउँपालिका श्रोतले जनाएको छ।

गाउँपालिकालाई प्राप्त स्वास्थ्य सामग्रीको प्रति स्वास्थ्य चौकीको विवरण

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमका तस्वीर

तस्बिर श्रोत:मणिनाथ लामिछाने,१ नम्बर वडा अध्यक्ष

प्रतिक्रिया दिनुहोस्