कोरोना अपडेट: बितेको २४ घण्टामा १०६९ संक्रमित थपिए



काठमाडौं, भदौ १६ । नेपालमा कोरोना भाइरसका मंगलबार १ हजार ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या  ४० हजार ५ सय  २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म २२ हजार  ८८  जना संक्रमणमुक्त भएका छन् । मंगलबार ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएको डाक्टर जागेश्वर गौतमले जानकारी दिए 

प्रतिक्रिया दिनुहोस्