१ सय ४४ जना कोरोना संक्रमितको आइसियू र भेन्टिलेटरमा उपचार हुँदै



काठमाडौं भदौ १६ ।

देशभर १ सय ४४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ जना मंगलवार भेन्टिलेटरमा र १२७ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ७५ जना र १४ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ४ जना आइसियूमा छन्।

मन्त्रालयका अनुसार प्रदेश २ मा २९, प्रदेश ५ मा १३ आइसियु र ३ जना भेन्टिलेटरमा, र गण्डकी प्रदेशमा ६ संक्रमित आइसियुमा उपचाररत छन्। हाल देशभर ७ हजार २ सय ८० जना होम आइसोलेसनमा छन्। हाल १८ हजार ११२ जना सक्रिय संक्रमित छन् भने संस्थागत आइसोलेनमा १० हजार ८३२ छन्।

प्रतिक्रिया दिनुहोस्