युरिया मल पठाउन बंगलादेश तयार



काठमाडौं भदौ १६ ।

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच मंगलवार छलफल भएको छ।

टेलिफोनको माध्यमबाट भएको कुराकानीमा दुई देशबीचको सम्बन्धको बारेमा चर्चा भएको प्रधानमन्त्री ओलीले ट्वीट गरि जानकारी दिएका छन्।

कुराकानीको क्रममा ओलीले हसिना समक्ष युरिया मल पठाउन गरेको आग्रह सहर्ष स्वीकार गरेकी छिन्।

दुई प्रधानमन्त्रीबीच दुवै देशबीच व्यापार, उर्जा लगायतका विषयमा सहकार्य गर्ने विषय छलफलमा भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्