काठमाडौका ७० प्रतिशत मानिसले मात्रै मास्क लगाउँछन्



काठमाडौं भदौ १६ ।

सरकारले काठमाडौंका ७० प्रतिशत मानिसले मात्र मास्क लगाउने गरेको बताएको छ।

नेपाल स्वास्थ्य अनसन्धान परिषदले गरेको अध्ययनले काठमाण्डौमा करिब ७० प्रतिशत मानिसले मास्कको प्रयोग गर्ने गरेको पाइएको छ।

कोरोनाको संक्रमणबाट बच्नको मास्कको प्रयोग गर्नको लागि सरकारको अपीललाई मानेर नाक, मुख राम्रो छोपिने गरि लगाएकोले सबैलाई धन्यवाद दिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा .डा जागेश्वर गौतमले बताए।

मानिसहरुले अस्पताल, किराना पसलहरूमा २ मिटरको दूरी कायम नगरी तँछाडमछाड गरिरहेको उनले बताए। लाइनमा बस्ने संस्कार विकास नगरेको उनले आपत्ति प्रकट गरे। हतार छ भने घरबाट चाडै निस्कन, बिहान छिटो उठ्ने, पालो कुर्ने र सबैलाई सभ्य बन्न उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्