पेट्रोलको मूल्य फेरि बढ्यो



काठमाडौं भदौ १६ ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ ।

निगमले मंगलबार पेट्रोलको मूल्यमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जानकारी दिएको हो। योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ। वृद्धि भएको मूल्य मंगलबार राती १२ बजेपछि लागू हुनेछ।

डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ।

मूल्य समायोजन भएपश्चात् पनि भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगंज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ७५ पैसा नेपालतर्फ नै सस्तो रहेको निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्