नुवाकोटमा विभिन्न ठाउँमा निषेधाज्ञा यथावत, बुधबारदेखि निजी सवारीमा जोर बिजोर



नुवाकोट,भदौ १६ । नुवाकोटमा चल्ने सवारी साधनमा मंगलबार राती १२ बजेदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ ।

जिल्लास्थित संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले बिहीबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि नुवाकोटमा जोर-बिजोर प्रणाली मार्फत सवारीसाधन सञ्चालनमा आउनेछ । यद्यपि यो नियम भने निजि सवारीसाधनमा मात्र लागू हुने जनाइएको छ।

जिल्लाका ८९ जनामा कोरोना सङ्क्रमण भएको र स्वाब लिईएका ५ सय ८० जनाको नतिजा आउन बाँकी रहेको अवस्थामा जोखिम कम गर्दै जोर बिजोर प्रणालीमार्फत केहि सहजता दिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।

सार्वजनिक यात्रुबाहक सवारी साधन भने सञ्चालनमा पुर्ण रोक लगाएको छ। निजि सवारी साधनहरु पनि बिहान ६ बजेदेखि साँझ ८ बजे सम्म मात्र सञ्चालन हुनेछ। जोर बिजोर प्रणाली निषेधाज्ञा जारी भएको क्षेत्र बाहेक स्थानीय तहहरुमा लागु हुनेछ।

निषेधाज्ञा यथावत

जिल्लाको शिवपुरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा ७ दिनसम्मका लागि समय थप गर्दै भाद्र २३ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा यथावत कायम गरिएको छ।

त्यस्तै पासाङल्हामु राजमार्ग हुँदै जिल्ला प्रवेश गर्ने नाकाको ककनी गाउँपालिकाको वडा नं १ र २, बेलकोटगढी नगरपालिकाको वडा नं २ अन्तर्गत धादिङ आचार्य पोखरी हुँदै कुमरी प्रवेश हुने क्षेत्रमा निषेधाज्ञा लागु गरेको छ ।

यस्तै, ककनी गापाको वडा नं ५ अन्तर्गत गल्छी-त्रिशुली-मैलुङ- स्याफ्रुबेशी-रसुवागढीमार्ग हुँदै नुवाकोट प्रवेश गर्ने क्षेत्रमा पनि भाद्र २३ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थपिएको छ।

जिल्लास्थित संकट व्यवस्थापन केन्द्रका निर्णयहरु जस्ताको तस्तै:-

मिति २०७७।०५।१६ गतेको COVID-19 रोकथाम तथा नियन्त्रणसम्बन्धी District Covid-19 Crisis Management Center (DCCMC) को बैठकको निर्णयहरु
१. विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरमा भएका हालसम्मका प्रयासहरु तथा यस अघिका बैठकबाट भएका निर्णयहरुको कार्यान्वयन अवस्थाका बारेमा समीक्षागरियो। यस जिल्लामा हालसम्म ८९ जना व्यक्तिहरु संक्रमित भएको । जसमध्ये ७१जना निको भई घर फर्केका छन्।हाल त्रिशुली अस्पतालको Isolation मा ११ जना संक्रमित रहेका तथा खरानीटार अस्पतालमा रहेका सवै संक्रमित उपचार पश्चात डिस्चार्ज भएको । मिति २०७७।०५।०९ गते पश्चात शिवपुरी, पञ्चकन्या, लिखु गाउँपालिका तथा विदुर र बेलकोटगढी नगरपालिका लगायतका स्थानीय तहहरुमा संक्रमित ब्यक्तिहरुको निकट सम्पर्कमा रहेका तथा जोखिमयुक्त ब्यक्ति समुहहरु समेत गरी ६६३ जनाको स्वाव संकलन गरीPCR परीक्षण गरिएको । ४४४ जनाको नतिजा आउन बाँकी रहेको । क्वारानटाइनमा रहेको ब्यक्तिहरुको प्रोटोकल अनुसार PCR परीक्षण भइरहेको । विदुर नगरपालिकाबाट एम्बुलेन्स चालकका लागि क्वारेन्टीन सञ्चालनमा ल्याइएको ।काठमाडौ उपत्यका लगायत अन्य जिल्लाबाट आएका ब्यक्तिको स्थानिय तहबाट निगरानी तथा क्वारेन्टीनमा बस्ने व्यवस्था कार्यान्वयन भइरहेको। त्रिशुलि अस्पतालबाट RT PCR ल्याव सम्बन्धी जनशक्ति करारमा पदपूर्ति भइ ५ जना प्राविधिकहरु(माइक्रो बायोलोजिस्ट,ल्याव टेक्नोलोजिस्ट, ल्याव टेक्निसियन) बागमती प्रदेशको धुलीखेल प्रयोगशालामा यसै सम्बन्धी तालीमको लागि पठाइएको। प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशकज्यू तथा PCR विज्ञबाट त्रिशुलि अस्पतालमा PCR Laboratory का लागि प्रस्तावित भवन Inspection गरिएको र प्राप्त सुझाव अनुसार भौतिक निर्माण सुधार तथा पार्टिसनको लागि लागत अनुमान तयार गरी सकिएको । यसको लागि वजेट सामाजिक विकास मन्त्रालयमा माग गरीएको । त्रिशुली अस्पतालबाट ३ वटा भेन्टिलेटर सहित आइ.सि.यु सेवाको लागि तयारी शुरु गरिएको । नुवाकोट जिल्लामा आइसोलेसन वार्ड हाल ६५ वेड सञ्चालनमा रहेको । खरानीटार अस्पतालको लागि थप १० वटा वेड तथा सामाग्री तयार भइरहेको । सुमुद्रटार हेल्थपोष्टमा Holding Isolation Center ८ वेडको तयार हुँदै गरेको । सूर्यगढीमा १२ वेड तथा किस्पांगमा १० वेड तयार भएको। नुवाकोट स्थित दुवै नगरपालिका तथा धेरै गाउँपालिकामा CPG गठन भएको । केही स्थानीय तहमा आंशिक रुपमा गठन भएको । सञ्चार माध्यमबाट कोभिड १९ को सूचना तथा समाचारहरु सम्प्रेषण भइरहेको ।काठमाडौ उपत्यका लगायत अन्य जिल्लाबाट आएका ब्यक्तिको निगरानी तथा क्वारनटाइन बस्ने ब्यवस्था कार्यान्वयन भइरहेको। मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भींड भाड नगर्ने सावुन पानीले हात धुने स्यानीटाइजर प्रयोग गर्ने ब्यवहारलाइ थप कडाइ साथ सवै ब्यक्तिले पालना गर्नु/गराउनु पर्ने आवश्यकता महशुस गरिएको।जारी गरिएको निषेधाज्ञा पालनाको अवस्था सन्तोषजनक भएको ।सवै नागरीकलाइ धन्यवाद दिदै आगामी दिनमा थप सावधानी सतर्कता अपनाउन तथा सहयोगको लागि अनुरोध गरियो।समग्रमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएका निर्णयको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको पाइयो।
२. पछिल्लो समयमा कोभिड- १९ को संक्रमण पुष्टी भएको शिवपुरी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा मिति २०७७ भाद्र ११ गते साँझ ६:०० बजेदेखि ७ दिनसम्मका लागि जारी निषेधाज्ञालाई मिति २०७७।०५।२३ गते राती १२:०० बजेसम्म कायम गर्ने ।पासाङ ल्हामु राजमार्ग हुँदै जिल्ला प्रवेश गर्ने नाकाको ककनी गाउँपालिकाको वडा नं १ र २, बेलकोटगढी नगरपालिकाको वडा नं २ अन्तर्गत धादिङ आचार्य पोखरी हुँदै कुमरी प्रवेश हुने क्षेत्र र वडा नं ५ अन्तर्गत गल्छी -त्रिशुली –मैलुङ- स्याफ्रुबेशी- रसुवागढी मार्ग हुँदै नुवाकोट प्रवेश गर्ने क्षेत्रमा मिति २०७७।०५।०९ मा जारी निषेधाज्ञा आदेशलाई मिति २०७७।०५।१६ गते राति १२:०० बजेदेखि मिति २०७७।०५।२३ गते राती १२:०० बजेसम्मका लागि थप गर्ने र जिल्लाका अन्य सम्पूर्ण क्षेत्रमा कोभिड- १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिममिति २०७७।०५।१६ गते राति १२:०० बजेदेखि अर्को निर्णय नभएसम्मका लागि देहाय बमोजिम गर्ने/गराउने गरी आदेश जारी गर्ने:
(क) अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, नियमित रूपमा हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डहरुको पूर्ण रुपमा पालना गर्ने/गराउने ।
(ख) मानिसहरु भेला/जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा, महोत्सव गर्ने तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा

साँस्कृतिक कार्यक्रम तथा क्रियाकलापहरु आयोजना गर्न तथा सहभागी हुन रोक लगाउने ।
(ग) यात्रुबाहक सार्वजनिक सवारी साधनहरु (बस, माइक्रो बस, जीप, ट्याक्सी) सञ्चालन गर्न रोक लगाउने।
(घ) निजी सवारीका साधनहरु जोर बिजोर प्रणाली अनुसार जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधनहरु बिहान ६:०० बजेदेखि साँझ ८:०० बजे सम्म सञ्चालन गर्ने।
(ङ) क्याम्पस, विद्यालय,कोचिङ तथा ट्युसन सेन्टरहरु लगायतका सबै प्रकारका शैक्षिक संस्थाहरु, तालिम तथा प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फन पार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेश सेन्टर, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन लगायतका सेवा तथा स्थलहरु सञ्चालन नगर्ने ।
(च) खण्ड (ङ) मा उल्लेखित बाहेकका पसल, व्यवसायहरु तोकिएका स्वास्थ्य सुरक्षा मापदण्ड (अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, नियमित रूपमा हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने ) पालना गरी सञ्चालन गर्ने।
(छ) रेष्टुरेन्टहरु सञ्चालनको हकमा टेक अवे (Take away) सेवा मात्र साँझ ७:०० बजे सम्म सञ्चालन गर्ने ।होटलको हकमा जिल्ला प्रवेश गर्न अनुमति प्राप्त भई आएका व्यक्तिहरुलाई स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गराई स्थानीय तहको वडाको समन्वयमा क्वारेन्टीनको रुपमा सञ्चालन गर्न सकिने ।होटलमा बसेका व्यक्तिहरुको विस्तृत विवरण सहितको जानकारी सम्बन्धित होटल सञ्चालकले सम्बन्धित वडालाई उपलब्ध गराउनु पर्ने।
(ज) सरकारी,निजी तथा गैर सरकारी क्षेत्रका कार्यालय, बैंक तथा वित्तीय संस्था र सहकारीहरु देहाय बमोजिम सञ्चालन गर्ने ।
(अ) कार्यालयमा भीडभाड हुन नदिने गरी दैनिक रुपमा सेवा प्रदान गर्न सकिने अधिकतम कोटा निर्धारण गर्ने र सोही बमोजिम कार्यतालिका बनाई लागू गर्ने तथा सबैकार्यालयहरुले आ-आफ्नो निकायबाट प्रदान गरिने सेवा सञ्चालन तथा व्यवस्थापनको प्रक्रिया, समय र मापदण्डका बारेमा सेवाग्राही जनसमुदायलाई सूचित गर्ने ।
(आ) सबै कार्यालयहरुमा न्यूनतम भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको व्यवस्था गर्ने जस्ता स्वास्थ्य र सुरक्षाका मापदण्डहरु पालना गर्ने/गराउने।सेवा प्रवाह गर्ने सबै कार्यालयहरु, बैंक तथा वित्तीय संस्था र सहकारीहरुमा सेवाग्राहीहरु कार्यालयमा प्रवेश गर्दा सुरक्षा गार्डले अनिवार्य रुपमा साबुन पानीले हात धुन लगाएर वा स्यानिटाइज गराएर मात्र प्रवेश गराउने र सेवाग्राहीहरुले आफ्नै कलम मात्र प्रयोग गर्नुपर्ने, स्ट्याम प्याड प्रयोग गर्नु अघिपछि पनि अनिवार्य रुपमा स्यानिटाइज गराउनु पर्ने।
(झ) सबै प्रकारका उद्योग, कलकारखाना तथा विकास निर्माणका कार्यहरु स्थानीयस्तरमा उपलब्ध कामदार परिचालन गरी सञ्चालन गर्ने, कामदारलाई खाने बस्ने छुट्टै व्यवस्था गर्ने, न्यूनतम भौतिक दुरी कायम गराउने, अनिवार्य रुपमा मास्क लगाउने, नियमित रुपमा हात धुने वा स्यानिटाइजरको व्यवस्था गर्ने, बाहिरका व्यक्तिहरुसँग सम्पर्क हुन नदिने तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी स्वास्थ्य मापदण्ड, गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारी उद्योग वाणिज्य तथा आपूर्तिसम्बन्धी सेवा सञ्चालन सम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गर्ने/गराउने।सम्बन्धित उद्योग कारखाना वा विकास निर्माणका कार्यहरुमा जिल्ला बाहिरबाट कामदार ल्याउनुपर्ने भएमा अनुमति लिएर मात्रै ल्याउने र ल्याए पश्चात अनिवार्य रुपमा क्वारेन्टीनमा राखी परीक्षण पश्चात मात्र काममा लगाउने तथा त्यसरी ल्याइएका कामदारको विवरण सम्बन्धित स्थानीय तहको वडामा पठाउनुपर्ने ।
३. शिवपुरीस्थित गुर्जे भन्ज्याङ र पासाङ ल्हामु मार्गको नाका हुँदै जिल्ला प्रवेश गर्ने एम्बुलेन्स, बिरामी बोकेका गाडी, शव बाहन, पशुपंक्षीका दाना, कुखुरा तथा कुखुराका चल्ला बोक्ने गाडी, दुध तथा तरकारी बोक्ने गाडी बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) प्रवेश गर्न नदिने तथा पैदल आवात जावतमा समेत पूर्णरुपमा रोक लगाउने ।
४. बेलकोटगढीस्थित कोल्पुटार नाकाबाट एम्बुलेन्स, बिरामी बोकेका गाडी, शव बाहन,सबै प्रकारका ढुवानीका साधन र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त साधन प्रवेश गर्न दिने, अनुमति प्राप्त बाहेक यात्रुबाहक सार्वजनिक यातायातका साधन र निजी सवारी साधन (मोटरसाइकल समेत) प्रवेश गर्न नदिने तथा अन्तरजिल्ला पैदल आवातजावतमा समेत पूर्णरुपमा रोक लगाउने।जिल्ला प्रवेश गर्ने सबै व्यक्ति तथा ढुवानीका साधनको जानकारी स्थानीय तहको सम्बन्धित वडाको कोरोना रोकथाम समूह (CPG) लाई गराउनुपर्ने ।
५. सम्पूर्ण ढुवानीका साधनहरुमा चालक र सहयोगी सहित बढीमा २ जना भन्दा बढी सवार गर्न नदिने, त्यस्ता ढुवानीका सवारी साधनहरुलाई नियमितरुपमा Disinfection गर्न, जिल्ला बाहिरबाट आउने ढुवानीका साधनका चालक तथा सहयोगीलाई छुट्टै खाने बस्ने व्यवस्था मिलाउन तथा चालक र सहयोगी कर्मचारीको नियमित स्वास्थ्य परीक्षण गराउन नुवाकोट उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्श मार्फत सम्बन्धित उद्योगी व्यवसायीलाई निर्देशन दिने।
६. जिल्ला प्रवेश गर्ने जुनसुकै व्यक्तिलाई सम्बन्धित स्थानीय तहका वडाहरुले अनिवार्य रुपमा संस्थागत क्वारेन्टीनमा राखी सो को विवरण प्रत्येक दिन ५.०० बजे भित्र यस जिल्लाका सबै स्थानीय तहका वडाहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा अनिवार्य रुपमा पठाउने।
७. नुवाकोट जिल्लाको ककनी प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत पद रिक्त भएकोले तत्काल मेडिकल अधिकृतको व्यवस्था

जारी सूचना:-

प्रतिक्रिया दिनुहोस्