कोरोनाबाट थप दुईको मृत्यु



काठमाडौं, भदौ १७ । कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। मृत्युहुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ भने बाराको सिम्रौनगढ नगरपालिकाका कोरोना संक्रमित ९७ वर्षीय पुरुषको वीरगञ्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मंगलबार राति दुबैजनाको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्