टिचिङमा दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकहरु काठमाडौं र तनहुँका



काठमाडौं १७ भदौ । महाराजगन्जस्थित त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिला छन् ।

उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले जानकारी दिए । उनका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् । सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्