सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : एजेन्ट मिश्रलाई ७ दिन भित्र अदालतमा उपस्थित हुन निर्देशन



काठमाडौं भदौ १७ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका एजेन्ट विजयप्रकाश मिश्रका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ दिने म्याद जारी गरेको छ।

प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको सम्बन्धि उजुरी बारे बुझ्न आवश्यक परेको भन्दै अख्तियारले हाजिर हुन मिश्रका नाममा बुधवार सूचना प्रकाशित गरेको हो ।

७ दिन भित्र आयोगमा उपस्थित नभए कानुन बमोजिम कारबाही हुने अख्तियारद्वारा जारी सूचनामा उल्लेख छ । प्रेस खरीद गरेपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।

सोही प्रकरणमा अख्तियारले बाँस्कोटामाथि छानबिन थालेको थियो । अनुसन्धान थालेको करिब ६ महिनापछि अख्तियारले स्वीस कम्पनिका स्थानीय एजेन्ट मिश्रका नाममा सुचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्