सुनको मुल्य एकैदिन १२ सयले घट्यो



काठमाडौं भदौ १७ ।

सुनको मुल्य बुधवार तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ ।

छापावाल सुनको मुल्य बुधवार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

बुधवार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मुल्य तोलाको ९८ हजार ४ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदी भने प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्