सेयर बजार २५ अंकले सुधार, एकैदिन ४ अर्ब १८ करोडको कारोबार



काठमाडौं भदौ १७ ।

बुधबार बजार खुलेको एक घण्टामै एक अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। १२ बजेसम्ममा १७३ वटा कम्पनीको २१ लाख ७९ हजार कित्ता शेयर १ अर्ब ६ करोड रुपैयाँमा खरिद बिक्री भएको छ।

यस अवधिमा अधिकाँश हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको छ। उच्च शेयरमूल्य बढ्ने १० कम्पनीमा ७ वटा हइड्रोपावर कम्पनी रहेका छन्।

नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशतले बढेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको ९.८९ प्रतिशतले बढेको छ।

त्यस्तै, अरुण कावेलीको ९.३५ प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावरको ९.२८ प्रतिशतले बढेको छ।

कारोबारमा आएका १२ वटै उपसमूहको सूचक सकारात्मक छन्। जसमा हाइड्रोपावर उपसमूहको सूचक २.२२ प्रतिशतले बढेको छ।

यस अवधिमा नेप्से सूचक २०.७५ अंकले बढेर १ हजार ५०५ विन्दुमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्