कोरोना अपडेट : बितेको २४ घण्टामा ११२० संक्रमित थपिए



काठमाडौं,भदौ १७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ११ सय  २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४१ हजार  ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म २३ हजार  २ सय  ९० जना संक्रमणमुक्त भएका छन् । बुधबार मात्र १ हजार १ सय १२ जना संक्रमणमुक्त भएको मन्त्रालयका डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्